8 years ago
August 28, 2017
म्युनिख (एजेन्सी) – जर्मन क्लब बायर्न म्युनिखले कोलम्बियन स्टार हामेज रोड्रिग्वेजलाई भेनेजुएलाविरुद्धको विश्व कप छनोट चरणको खेल नखेल्ने निर्देशन दिएको छ । हालै तिघ्राको चोटमुक्त भएर फर्केका रोड्रिग्वेजको स्वास्थ जाँच पछि उनलाई भेनेजुएलासँगको खेल नखेल्न क्लबले निर्देशन दिएको हो ।

”कोलम्बियन एफएले रोड्रिग्वेजलाई भेनेजुएनासँग ३१ अगस्ट र ब्राजिलसँग ५ सेप्टेम्बेरको खेलमा सहभागी हुन बोलाएको छ । फिफाको नियम अनुसार हामी उनलाई राष्ट्रिय टोलीसँग जान अनुमती दिन्छौ । तर हालै क्लबका डा.भोल्केन ब्राउनले गरेको स्वास्थ जाँच अनुसार उनी भेनेजुएलासँगको खेल खेल्ने छैनन् । ब्राजिलसँगको खेलमा भने कोलम्बियाको मेडिकल टोली र ब्राउनबीच पुनः छलफल हुनेछ’ , बायर्न म्युनिखको आधिकारिक वेभसाइटमा उल्लेख छ ।
रियल म्याड्रिडको टोलीमा नियमित खेल्ने मौका नपाएपछि रोड्रिग्वेज नियमित फुटबलको खेल्न पाउने अपेक्षासहित यसै सिजन बायर्न पुगेका हुन् । दुई बर्षे लोन सम्झौतामा उनलाई भित्राएको बायर्नले सम्झौताको अन्त्यसँगै स्थायी रुपमा उनलाई अनुबन्ध गर्न पाउनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]