default_image

8 years ago

August 28, 2017

‘खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु ‘ : प्रशिक्षक श्रेष्ठ

84 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यूवा टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले भारतविरुद्धको फाइनल खेलमा भारतसँग पराजित भएपनि खेलाडीहरुले शतप्रतिशत खेलेको बताएका छन् ।

Sunil

‘खेलमा जित हार स्वभाविक हुन्छ । हामी हामी अग्रता लिएर पनि हार्न बाध्य बन्यौ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘अल एट्याक र अल डिफेन्समा मेरा खेलाडीहरुले राम्रो खेले । तर, नतिजामा सुध्रन सकेन । दोस्रो हाफमा दुई मौका खेर फाल्दा हामीलाई थप प्रेसर भयो ।’ भारतसँगको प्रतिस्पर्धात्मक खेलले नेपाली युथ टिमले अन्य टोलीहरुसँग पनि फाइन खेल्न सक्ने बताए ।

उनले डिफेन्स र फिनिसिङमा केही समस्या रहेकाले अब आउने साफ यू–१६ मा त्यसलाई सुधार गर्दै लैजाने बताए । ‘हामीसँग २० देखि २५ दिनसम्मको समय छ । खेलाडीहरुलाई एक दिन विश्राम दिएर मंगलबारबाट प्रशिक्षण थाल्नेछौं ।’ प्रशिक्षक श्रेष्ठले भने ।

अघिल्लो उमेर समूह भन्दा यो टिम कमजोर हो भन्ने प्रश्नमा प्रशिक्षक श्रेष्ठले यसअघिको उमेर समूहको टिमजस्तै यो टिम पनि राम्रो रहेको प्रतिक्रिया दिए । कुन आधारमा यो उमेर समूहलाई कमजोर भन्ने ? उनले प्रतिप्रश्न गर्दै भने, अघिल्ला उमेर समूहका टिमहरु पनि भारतसँग नै पराजित भएको थियो । यसपटक पनि हामी भारतसँग नै पराजित भयौ । त्यसैले यो टिमलाई कमजोर भन्न नमिल्ने उनले दावी गरे ।

साफ जित्न त्यति सहज छैनः भारतीय प्रशिक्षक विभियानो भारतीय टिमका प्रशिक्षक विभियानो फर्नान्डिजले दक्षिण एसियाली स्तरको उमेर समूहको साफ जितेपनि यो जित्न त्यति सहज नभएको बताएका छन् । ‘हामीले घरेलु भुमिमा नेपाललाई नै पराजित गरेर साफ यु–१५ प्रतियोगिताको उपाधि जित्न सफल भयौ । यो जित्न त्यति सहज छैन ।’ प्रशक्षिक विभियानोले भने, ‘सबै टिम उत्कृष्ट छन् । अरु टिम भन्दा नेपाल झनै उत्कृष्ट टिम हो । उनीहरुलाई पराजित गरेर उपाधि जित्न निकै मुस्किल छ ।

नेपालविरुद्धको खेलबारे प्रतिक्रिया दिदै भारतीय टिमका प्रशिक्षक विभियानोले नेपाललाई खेलमा दवावमा राखेपनि सानो गल्तीमा गोल खाएको र खेलाडीहरुले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सकेको बताए । उनले अब टिम एएफसी यू–१६ प्रतियोगिताको तयारीमा जुटिहाल्ने बताए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.