8 years ago
August 28, 2017
म्याड्रिड (एजेन्सी)– मार्को एसेन्सियोले २ गोल गरेपछि गए राती रियल म्याड्रिड घरेलु मैदानमा हारबाट जोगिएको छ । सिजनको पहिलो खेलमा सहज जित हासिल गरेको रियलले भ्यालेन्सियामा २–२ को बराबरी खेलेको छ ।
डिपोर्टिभो ला कुरुनासँगको खेलमा रातो कार्ड पाएर प्रतिबन्धमा रहेका सर्जियो रामोस कारण पहिलो रोजाइमा मौका पाएका एसेन्यिोले खेल सुरु भएकै १० मिनेटमा जादु देखाउने क्रममा गोल गरे । तर, त्यो अग्रतालाई रियलले लामो समय जोगाउन सकेन ।
दबाबका बीच पनि कार्लोस सोलेरले १८ औं मिनेटमा बराबरी गोल फर्काए । टोली लाटाको क्रसमा उनले गोल गरेका थिए । प्रतिबन्धमा रहेका सुपर स्टार रोनाल्डो विना दोस्रो हाफमा पनि रियल नै खेलमा हावी भएको थियो ।
तर, भ्यालेन्सियाका लागि डेब्यू गरेका जेफ्री कान्डोगवियाले रियलका गोलकिपर केलोर नाभासर्लाइ विट गर्दै गोल ७७ औं मिनेटमा गरेपछि रियलले घरेलु मैदानमा पछि परेको थियो । तर, एसेन्सियोले टोलीका लागि ८३ औं मिनेटमा अर्को गोल गर्दै टोलीको हार जोगाएका थिए । खेलअघि गत सिजन रियलले जितेको ला लिगाको उपाधि प्रदर्शन गरिएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]