default_image

7 years ago

August 28, 2017

इन्डोनेसियामा रोहितको क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका रोहित चन्द आबद्ध इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले लिगा १ मा उच्च प्रदर्शनलाई जारी राखेको छ । गए राती घरेलु मैदानमा पर्सिजाले पेरसेलालाई २–० ले हराएको थियो । जितपछि पर्सिजा ३६ अंकसहित लिग अंकतालिकाको छैटौं स्थानमा यथावत छ । टोलीले अहिले सम्मका २२ खेलमा ९ मा जित ९ मा […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका रोहित चन्द आबद्ध इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले लिगा १ मा उच्च प्रदर्शनलाई जारी राखेको छ । गए राती घरेलु मैदानमा पर्सिजाले पेरसेलालाई २–० ले हराएको थियो ।

आइतबारको खेलपछि रोहित चन्दसँग सेल्फी लिँदै नवीन चित्रकार ।

जितपछि पर्सिजा ३६ अंकसहित लिग अंकतालिकाको छैटौं स्थानमा यथावत छ । टोलीले अहिले सम्मका २२ खेलमा ९ मा जित ९ मा बराबरी र ४ खेलमा हार बेहोरेको छ ।

शनिबार रामदानी लेस्टालुहुको गोलबाट २३ औं मिनेटमा अग्रता लिएको पर्सिजाका लागि खेल सकिन १० मिनेट बाँकी रहँदा रेनाल्डो कोस्टाले अर्को गोल थपेका थिए ।

रोहितलाई पर्सिजा पुर्याउन सहयोग गर्ने नवीन चित्रकारले पनि शनिबारको खेल हेरेका थिए । चित्रकारका अनुसार रोहितले उच्च प्रदर्शन गरेका थिए ।पर्सिजाले अर्को खेल भदौ २३ गते मित्रा कुकारसँग खेल्ने ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.