default_image

8 years ago

August 28, 2017

कीर्तिमानी रकमसहित केइटा लिभरपुलमा आबद्ध

138 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले आरबी लेपजिगबाट गिनियन मिडफिल्डर न्याबी केइटालाई भित्राउने भएको छ । लिभरपुलले लेपजिगसँग २२ वर्षिय मिडफिल्डरको ४८ मिलियन पाउण्ड रिलिज क्लज तिर्दै अर्को सिजन उनलाई भित्राउने सम्झौता गरेको छ ।

Keita

केइटाको बुन्डेसलिगा क्लबसँगको सम्झौता अनुसार अर्को वर्ष उनको सम्झौतामा ४८ मिलियन पाउण्डको रिलिज क्लज थपिनेछ । लिभरपुलले उनको रिलिज क्लज तिर्दै लेपजिगलाई थप बोनस पनि दिने सम्झौतामा केइटालाई क्लबमा भित्राउने भएको छ ।

यसअघि लेपजिगले केइटाका लागि लिभरपुलको दुई पटकको प्रस्तावलाई अस्वीकार गरेको थियो । लिभरपुलले दोस्रो पटक करिब ७० मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेपनि उनको सम्झौताको रिलिज क्लज अनुसार उनलाई अर्को वर्ष बेच्न बाध्य हुनेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.