8 years ago
August 30, 2017
काठमाडौं(हाम्रो खेलकुद)- सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन् । लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ । लिगका खेलहरु दशरथ रंगशालामा हुनेछ ।
लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्व कप फुटबलमा सहभागि गराइने आयोजकले जनाएको छ । विश्व कप सेभेन ए साइडको हुनेछ । लिगका खेल ३० मिनेटको हुनेछ ।विश्व कपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ ।
जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालले छात्र टिममा मात्र भाग लिनेछ । अगामी विश्व कपमा नेपालको छात्रा टिमलाई पनि सहभागी गराईने ओलीले बताईन् । लिगबाट सुरुमा १८ जना खेलाडी छनोट गरी एक महिना विश्व कपको प्रशिक्षण क्याम्पमा राखिनेछ । प्रशिक्षण क्याम्पबाट उत्कृष्ट ९ जनालाई विश्व कपको अन्तिम टिममा समावेश गरिनेछ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुुलाधरले नेपालका सडक बालबालिकालाई विश्वकप खेल्ने मौका मिल्नु गौरवकको कुरा भएको बताए । उनले एन्फाले आफ्नो समाजिक उत्तर दायित्व अन्तर्गत लिगलाई सहयोग गर्न लागेको पनि बताए ।यस विश्वकपको नारा हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्म दर्ताको अधिकार पाउनु पर्छ भन्ने छ । यो नारा संयुक्त राष्ट्र संघले अगाडी सारेको नारा पनि हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]