8 years ago
September 4, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – नेपालको घरेलु फुटबल शून्यको अवस्थामा पुगिसक्यो भन्ने समय त भएको छैन । गत बर्ष मोफसलमा एकपछि अर्को नकआउट प्रतियोगिता भए । यो वर्ष पनि तीनले निरन्तरता पाउने सम्भावना छ । तर, देश भित्रको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने आफ्नै योजनामा भएका प्रतियोगिता पनि गर्न सकेको छैन । उमेर समूहका एक दुई प्रतियोगितामा चित्त बुझाएको एन्फाले सिनियरका लागि न त लिग न त नकआउट नै गर्न सकेको छ ।

पछिल्लो पटक मंसिर १४ गतेबाट लिग सुरु गर्ने भनिएपनि सरोकारवालाले नै एन्फाको निर्णयलाई आत्मसात गरेको छैन । तर, त्यसका वावजुद पनि नेपालले राष्ट्रिय टोलीदेखि उमेर समूहका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा भने भाग लिइरहेको छ र एकहद सम्म नतिजा पनि सन्तोषजनक नै छ । यसै पृष्ठभूमिा नेपालको अन्तर्राष्ट्रिय फुटबलको स्तरको वास्तविक धरातलको एउटा परिक्षण यो महिना हुँदैछ । यो सेप्टेम्बर महिनमा नेपालको सिरियरदेखि जुनियर टोलीले गरि विभिन्न तीन प्रतियोगितामा भाग लिदैछ ।
एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार ताजकिस्तानको सामना गर्ने नेपालले यहि महिना उमेर समूहका दुई प्रतियोगितामा आफ्नो क्षमता परिक्षण गर्दैछ । केहि दिन पछि एएफसी यू १६ को छनोट घरेलु मैदानमै खेल्ने नेपालको अर्को युवा टोली साफ यू १८ खेल्न भुटान जाँदैछ । ताजकिस्तानसँगको खेल एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’ मा हुँदैछ । एसियन छनोटका पछिल्ला २ खेलमा १ अंक मात्र जोडेको नेपालका लागि ताजकिस्तानसँगको खेल महत्वपूर्ण छ । त्यसमा जित हासिल गर्न सकेमात्र अघिल्लो चरण पुग्ने नेपालको सम्भवना जीवित रहनेछ ।

अन्यथा एएफसी सोलिडारिटी कपको विजेता नेपाली टोलीको यात्रा यो चरणबाट अघि नबढ्न सक्छ । फिलिपिन्ससँग चैतमा ४–१ को हार बेहोरेर फर्केको नेपालले जेठमा हलचोकमा गोलरहित बराबरी खेलेको थियो । तुलानात्मक रुपमा अघिल्ला दुई भन्दा यो खेल नेपालका लागि सहज मानिएको छ । तर, अंक विहिन ताजकिस्तानपनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै पहिलो अंक जोड्ने प्रयासमा भने पक्कै लाग्ने छ ।
नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य ताजकिस्तानसँगको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्छन् । ‘हाम्रो स्तर उस्तै छ, त्यसैले खेल पनि प्रतिस्पर्धात्मक नै हुन सक्छ’ शाक्यले घरेलु मैदानमा केही फाइदा हुने संकेत गर्दै भने ‘ दिन दिन अभ्यास गरेको त्यहि एन्फाको मैदानमा यसपटक हामी खेल्दैछौं । हाम्रा लागि एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’ केही सहज हुन सक्छ ।’

अर्को तिर साफ यू १८ भुटानमा हुँदैछ । यसअघि यू १९ मा नाममा भएको च्याम्पियनसिपको नेपाल च्याम्पियन टोली हो । उपाधि जोगाउने दबाब यसपटक नेपाली युवा टोलीमा हुनेछ । दुई बर्षअघि यू १९ बाटै सुरु भएको नेपालको उपाधि जित्ने सिलसिला गत वर्ष सोलिडारिटी कप सम्म जित्दासम्म कायम रहेको थियो ।
२०७२ को भदौंमा साफ यू १९ जितेको नेपालले त्यसपछि त्यहि वर्ष माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप, फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा यू २३ ले स्वर्ण पदक जितेको थियो । गत वर्ष नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) आधिकारिक प्रतियोगिता जित्ने क्रममा सोलिडारिटी कप उचालेको थियो ।

अब फेरि नेपाली फुटबलले नयाँ यात्रा सुरु गर्दैछ । यू १८ का प्रशिक्षक छिरिङ लोप्साङ खेलाीको फिटनेसमै समस्या देख्छन् । ‘घरलु प्रतियोगिता नभएकाले सबै खेलाडी फिट थिएनन्’ उनले तयारीका विषयमा भने, ‘प्रशिक्षणको धेरै जसो समय हामीले खेलाडीको फिटनेसमा खर्चेका छौं ।’ उपाधि रक्षाको दबाब टोलीमा रहेको पनि लोप्साङ स्वीकार गर्छन् । तर भन्छन्, ‘पहिला र अहिलेको अवस्थामा फरक छ ।’ यसपटक ललित स्मृति कपका उत्कृष्ट खेलाडी छनोट गरेर प्रशिक्षण सुरु गरेको उनले सुनाए ।
‘अघिल्लो पटक च्याम्पियनसिप जितेको टोलीका सबै खेलाडी एकेडेमीमा थिए । त्यसले पनि उनीहरुलाई निरन्तर प्रशिक्षणको अवसार दियो,’ उनले थपे, ‘यसपटक हामीले छोटो समय तयारी गरेका छौं । ’ दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने यू १८ मा नेपाल, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् । अर्को समूहमा आयोजक भुटानसँग भारत र बंगलादेश छन् । ’ १९ सेप्टेम्बरमा श्रीलंकासँग खेल्दै नेपालले यसपटक उपाधि रक्षाको यात्रा प्रारम्भ गर्नेछ ।

भुटानमा यू १८ चलिरहँदा नेपालमा अर्को एएफसी यू १६ च्याम्पियनसिपको छनोट खेल्नेछ । केही दिनअघि मात्र साफ यू १५ को फाइनलमा भारतसँग पराजित नेपालले फेरि एक पटक त्यहि टोलीको सामना गर्नेछ । समूह ‘डी’ मा नेपालसहित भारत, इराक र प्यालेस्टाइन छन् ।
यसपटक साफ यू १५ समूह चरण र फाइनलमा भारतसँग भोगेको हारको बदला लिने मौका फेरि एक पटक नेपाली टोलीले पाएको छ । एएफसीले सदस्य राष्ट्रलाई १० समूहमा विभाजित गर्दै छनोट चरण आयोजना गरेको छ । सबै समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ तथा आयोजक मलेसियाले यू १६ को अन्तिम चरणमा प्रवेश गर्नेछन् ।
साफ च्याम्पियनसिपमा गरेको गल्तीलाई सुधार्दै नेपालले छनोट हुने कठिन लक्ष्य लिएको यू १५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन् । ‘ साफमा भन्दा एएफसी यू १६ च्याम्पियनसिप छनोट खेल्ने टोली पक्कै बलियो छन् । हामीले त्यहि मानसिकताका साथ खेल्नु पर्दछु,’ उनले भने, ‘साफमा गरेको गल्तीलाई सुधार्दै छनोट हुने लक्ष्यका साथ उत्रने छौं । हाम्रो मुख्य समस्या फिनिसिङमा हो । त्यसमा सुधार गर्न हामीले मेहेनत पनि गरेका छौं ।’
नेपालले छनोट चरणको पहिलो खेल २० सेप्टेम्बरमा इरानसँग खेल्दैछ । त्यसको दुई दिनपछि भारत र २४ सेप्टेम्बरमा प्यालेस्टाइनको सामना गर्दा नेपालको अघिल्लो चरणको यात्राको टुंगो लाग्नेछ । यसअघि समूह चरणमा उपविजेताका रुपमा छनोट भएपछि बढी उमेरका खेलाडी खेलाएको अभियोगमा नेपालले अन्तिम चरण खेल्न पाएको थिएन ।
दुई दशक भन्दा लामो समयको उपाधि खडेरीलाई दुई वर्ष युवा टोलीबाटै तोडेको नेपालले यसपटक फेरि आफुलाई अब्बल प्रमाणित गर्ने मौका पाएको छ । जुनियर देखि सिनियर सम्मको प्रदर्शनलाई सेप्टेम्बरपछि विश्लेषण गर्ने हो भने नेपालको अहिलेको फुटबलको वास्तविक स्तर पनि बुझ्न सहज हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]