8 years ago
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ प्रतिभाशाली खेलाडी हुन् भन्नेमा नेपाली समर्थक कमैलाई मात्र शंका होला । यू २३ को कप्तानी समेत गरेका जगजित कुनै बेला राष्ट्रिय टोलीको नियमित पहिलो रोजाईका खेलाडी रहि सकेका छन् ।
तर, एक बर्षयता भने उनी राष्ट्रिय फुटबलबाट अलग छन् । यद्दपी उनी फुटबलबाट टाढा भने छैनन् । गत वर्ष अस्ट्रेलिया पुगेका जगजितले तीन वटा क्लब परिवर्तन गरेर नियमित खेलेपनि । तर, पनि उनी राष्ट्रिय टोलीका प्रशिक्षकको नजरमा पर्न भने सकेका छैनन् । व्यवसायिक फुटबल खेल्न माल्दिभ्स पुगेका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसिया पुगेका रोहित चन्द भने राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।
अस्ट्रेलियाको नुनावाडिङबाट खेल्दै आएका जगजितले समाजिक सञ्चालमार्फत आफु राष्ट्रिय टोलीमा पर्न नसक्नुको ठोस जवाफ आफुसँग नरहेको भन्दै असन्तुष्टी पोखेका छन् । फेसबुकका उनले आज स्टटस लेखेका छन् ,‘ राष्ट्रिय टोलीबाट खेल्न आउनुहुन्न भनेर दैनिक कैयौं म्यासेजहरु आउँछन् ,तर साच्चै मसँग त्यसको ठोस जवाफ छैन । मलाई राष्ट्रिय टोलीका प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट कुनै खबर आएको छैन ।’
उनको गुनासो त्यतिमात्र छैन । छनोट प्रक्रियामा शंका हुने गरि उनले लखेका छन् ,‘राष्ट्रिय टोलीमा अवसर माग्नका लागि कसैलाई फोन घुमाउने मेरो बानी छैन ।’ जगजितले राष्ट्रिय टोलीमा आवश्यक परेको खण्डमा कुनै पनि हालामा उपलब्ध हुने समेत प्रष्ट गरेका छन् ।
यता एन्फाले जगजितले अस्ट्रेलिया जाने विषयमा जानकारी गराएपनि त्यहाँ पुगेर फुटबल खेल्ने विषयमा केही नभनेको बताएको छ । यद्दपी अहिले उनको विषयमा चर्चा चलेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताएका छन् ।
‘अस्ट्रेलिया जाँदा जानकारी गराएका थिए । तर फुटबल खेल्ने विषयमा केही जानकारी गराएका थिएनन् ,’ उनले भने,‘ अहिले नेपालले भाग लिइरहेको एएफसी एसियन कप छनोटमा उनी प्रारम्भिक ४५–५० जनाको सुचिमा पनि थिएनन् । तर, अहिले उनी अस्ट्रेलियामा फुटबल खेलिरहेका छन् भन्ने हाम्रो जानकारीमा छ । प्रशिक्षकहरुले उनको आवश्यकता महसुस गरेको खण्डमा बोलाउन कुनै समस्या छैन । राष्ट्रिय टोलीमा फर्कन एउटा खेलाडीको सम्भावना जहिले पनि रहन्छ । मात्रै उनको अहिलेको प्रदर्शन कस्तो छ भन्ने मुख्य विषय हो ।’
जगजितले फेसबुकमा राखेको स्ट्याटस

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]