default_image

8 years ago

September 1, 2017

नेपाल र ताजकिस्तानको खेल हलचोक होइन एन्फामा

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र ताजकिस्तानबीच चार दिन पछि हुने एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । नेपाल र ताजकिस्तानबीचको खेल भदौ २० गते हुनेछ ।

एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सिनियरतर्फको कुनै पनि खेल एन्फामा हुन लागेको यो पहिलो पटक हो । यसअघि जेठ अन्तिममा यमनसँगको खेल हल चोकस्थित एपिएफको मैदानमा भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फाको मैदानमा खेलाउन एएफसीबाट स्वीकृति लिइसकेको जानकारी दिए ।

उनले सेप्टेम्बरको २० देखि २४ सम्म हलचोकमा एएफसी यू १६ को खेल गराउने तयारी भएकाले सिनियर टिमको खेल एन्फामा गराउन लागेको बताए । ‘हामीले एन्फामा अहिले सम्म खेलाएका छैनौं । यो परिक्षण पनि हो’ प्रवक्ता समेत रहेका तुलाधरले भने, ‘हलचोक र एन्फा दुईवटा मैदानमा अनुकुल हेरेर खेलाउने योजना अनुसार यसपटक यता खेलाउन लागेका हौं ।’

केहि दिनअघि एन्फामा साफ यू १५ च्याम्पियनसिप आयोजना भएको थियो भने दुई बर्षअघि सोही मैदानमा साफ यू १९ च्याम्पियनसिप भएको थियो । एसियन कप छनोटअन्तर्गत ताजिस्तानविरुद्धको खेल नेपालको तेस्रो हो ।

यसअघि का दुई खेलमध्ये नेपालले एउटामा हार र अर्कोमा बराबरी गरेको थियो । चैतमा फिलिपिन्समा ४–१ को हार बेहोरेर फर्केको नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा छ भने ४ अंक सहित यमन दोस्रो, १ अंक जोडेको नेपाल तेस्रो र अंकविहिन ताजकिस्तान पुछारमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.