default_image

7 years ago

September 1, 2017

नेपाल विरुद्ध ताजिकिस्तान – ४ दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ४ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ४ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ ।

Anil bharat Biraj

एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।

यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।

नेपाली टोलीको प्रशिक्षणमा रहेका खेलाडीको नामावली

गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, किरण चेम्जोङ

रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल

मिडफिल्डर – हेमन गुरुङ , हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, प्रिन्स जर्ज कार्की, रोहित चन्द

फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ (कप्तान), सुमन लामा, विमल घर्ती मगर, अञ्जन विष्ट

प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.