8 years ago
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली पाँच स्थान बढुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल सिंगापुर संगै संयुक्त रुपमा ९४औ स्थानमा रहेको छ । गत महिना नेपाल ९९ औं स्थानमा थियो ।
चार स्थान बढुवा भएको भारत फिफा वरियताको ५६ औं स्थानमा रहेर दक्षिण एसियाको शीर्षस्थानमा छ । दक्षिण एसियाका अन्य राष्ट्र मध्य बंगलादेश १ सय ६ औं, श्रीलंका १ सय ७ औं, माल्दिभ्स १ सय ९ औं र भुटान १ सय १६ औं स्थानमा छ ।
फिफा वरियतामा ९२ औं स्थान नेपाली महिला टोलीको अहिले सम्मको उच्च वरियता हो । फिफाको वेभसाइटमा उल्लेख भएअनुसार फिफा वरियतामा अमेरिका शीर्षस्थानमा छ भने जर्मनी दोस्रो र इंगल्याण्ड तेस्रो स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]