default_image

7 years ago

September 1, 2017

इटहरीमा सांसद कप फुटबल हुने

जनम बराल इटहरी– सुनसरी जिल्ला स्तरीय अन्तर मावि सांसद कप फुटबल प्रतियोगिता सोमबार इटहरीमा सुरु हुने भएको छ । इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको विजेताले २० हजार र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल पुग्ने दुवै टोलीका खेलाडीलाई ट्रयाक सुट पनि दिइने आयोजक सेन्टरका प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए […]

22 views

0 Bookmark

जनम बराल
इटहरी– सुनसरी जिल्ला स्तरीय अन्तर मावि सांसद कप फुटबल प्रतियोगिता सोमबार इटहरीमा सुरु हुने भएको छ । इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको विजेताले २० हजार र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

फाइनल पुग्ने दुवै टोलीका खेलाडीलाई ट्रयाक सुट पनि दिइने आयोजक सेन्टरका प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २ हजार रुपैयाँका साथै फुटबल बुट प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरर्वाडले पनि फुटबल बुट पाउनेछन् ।

भदौ १९ देखि २४ गते सम्म इटहरीस्थित जनता माविको मैदानमा चल्ने प्रतियोगितामा सुनसरीका १० माविको सहभागिता रहने बताइएको छ । सुनसरी जिल्ला खेलकुद विकास समितिको संयोजन रहने प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघ र राष्ट्रिय जागृति क्लब इटहरी सहयोगी रहेका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.