8 years ago
September 2, 2017
भरतपुर (हाम्रो खेलकुद )-राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ को शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सुदुर पश्चिम ११ सेमिफाइनल प्रवेश गरेको छ । चितवन ११ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
पहिलो हाफमा दुई गोल गरेको सुदुरपश्चिमले दोस्रो हाफमा थप २ गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा चितवनको टिमले मध्यम प्रदर्शन गरेको थियो । केही अवसरहरु चितवनले गुमाएको थियो ।

सुदरपश्चिमका लागि खेलको नछौं मिनेटमा कप्तान प्रनय अन्जनले र पहिलो हाफको इन्जुरी टाइममा अब्दुलले गोल गरेका थिए । त्यस्तै खेलको ६७ औ मिनेटमा पुन अब्दुलले गोल गरे । त्यस्तै अन्तिम गोल खेलेको ७१ औं मिनेटमा राम सिंह रानाले गोल गरेपछि सुदुर पश्चिम सजिलै विजयी भएको हो । खेलको म्यान अफ दि म्याच दुई गोल गर्न सफल अब्दुल भए । उनले नगद ५ हजार प्राप्त गरे ।
आइतबारको खेल विजय युथ हेटौंडा र फ्राइण्डस क्लव काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कूल १० वटा टिम सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]