default_image

7 years ago

September 2, 2017

नेपाल विरुद्ध ताजिकिस्तान – ३ दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ३ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ३ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ ।

Bikesh Kuthu

घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् ।

एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।

यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।

ताजकिस्तानविरुद्धको लागि अन्तिम नामावली

गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, किरण चेम्जोङ

रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी

मिडफिल्डर – हेमन गुरुङ , हेमन्त थापा मगर, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द, अञ्जन विष्ट, सुमन लामा

फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की

प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.