8 years ago
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ ।
घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । एसियन कप छनोटका लागि शनिबार २३ खेलाडीको अन्तिम नामावली सार्वजनिक हुँदा नियमित कप्तान समेत रहेका अनिलको नाम थिएन । छनोटकै यमनसँगको खेलमा केही मिनेट मौका पाएका अनिलले सोही खेलमात्र ४९ अन्तर्राष्ट्रिय खेल पुरा गरेका थिए ।
यसपटक ताजकिस्तानसँग मौका पाएमा ५० क्याप पुरा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने योजना रहेको हाम्रो खेलकुद डटकमलाई बताएका थिए । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् ।

खेलको आधारिक प्रसारण एपि वोन टेलिभिजनले गर्नेछ ।
अन्य जानकारी
खेल हुने मिती : मंगलबार [सेप्टेम्बेर ०५, २०१७ | भाद्र २०, २०७४
नेपाली समय :दिउसो ३:०० बजे
मैदान : सातदोबाटोस्थित एन्फा कम्प्लेक्स
प्रत्यक्ष प्रसारण : एपि वोन एच डी । अनलाइन एपि वोनको य़ुटुभमा हेर्न सकिने छ ।
टिकट दर : रु ७०० (साधारण) , रु १५०० (भिआईपी)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]