8 years ago
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको मनोयन भने यसअघि नै सार्वजनिक भइसकेको थियो । ८ विधामा दिइने अवार्डमध्ये अन्य तीन विधाका लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथलिट अवार्डको घोषणा भने भदौ २६ गते हुने कार्यक्रमकै दिन घोषणा गरिने बताइएको छ ।
मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले खेलाडी र प्रशिक्षकको बर्ष भरीको प्रदर्शन र प्राप्त उपलब्धीको आधारमा मनोनयन गरिएको जानकारी दिइएको छ ।
नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा रहेको पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट महिला खेलाडीमा एथलेटिक्सकी कान्छीमाया कोजु र सरस्वती भट्टराई, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र ब्याडमिन्टनकी नङसल तामाङ मनोनयनमा परेका छन् । कान्छी पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि रहेकी छिन् ।
पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्न जित तामाङ, क्रिकेटका शरद भेषावकर, भलिबलका मानबहादुर श्रेष्ठ र एथलेटिक्सका सोमबहादुर कुमालबीच प्रतिस्पर्धा हुने भएको छ ।
क्रिकेटका दीपेन्द्र सिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीले बर्षको उत्कृष्ट युवा अवार्डका लागि मनोनयनमा परेका छन् । दीपेन्द्र पिपुल्स च्वाईस अवार्डको मनोयननमा पनि छन् ।
त्यस्तै बर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलका जापानी प्रशिक्षक ग्यातुको कोजी, मेघराज केसी, एथलेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सर्वाजनिक भइसकेको दीपेन्द्र र कान्छीसँगै पिपुल्स च्वाइस अवार्डमा फुटबलका सुजल श्रेष्ठ, पौडीकी गौरिका सिंह र जुडोकी फुपु ल्हामु खत्री रहेका छन् ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजन रहेको अवार्डलाई डिस मिडिया नेटवर्कको एक्सन स्पोट्र्स, साहस स्पोट्र्स, टिएचटी लाइभ ३३१३१, एभिन्यूज टेलिभिजन, सूर्य नेपाल, रुस्लान फुटबल, रोयल सिंगी होटल, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीले सहयोग रहेको मञ्चले जानकारी दिएको छ ।
पल्सर स्पोर्टस अवार्ड २०७३ को मनोनयन
बर्षको उत्कृष्ट खेलाडी महिला
१. कान्छिमाया कोजु, एथलेटिक्स
२. ज्ञानु अवाले, आर्चरी
३. सावित्रा भण्डारी, फुटबल
४. नङसल तामाङ,ब्याडमिन्टन
५. सरस्वती भट्टराई, एथलेटिक्स
बर्षका उत्कृष्ट खेलाडी, पुरुष
१. किरण चेम्जोङ, फुटबल
२. रत्न जित तामाङ, ब्याडमिन्टन
३. शरद भेषावकर, क्रिकेट
४. सोमबहादुर कुमार , एथलेटिक्स
५. मानबहादुर श्रेष्ठ, भलिबल
बर्षका उत्कृष्ट खेलाडी, युवा
१. दीपेन्द्रसिंह ऐरी, क्रिकेट
२. अनन्त तामाङ, फुटबल
३. मनिता श्रेष्ठ प्रधान, जुडो
४. कमला श्रेष्ठ, भारोत्तोलन
५. प्रतिभा माली, भलिबल
बर्षका उत्कृष्ट,प्रशिक्षक
१.ग्यातुको कोजी, फुटबल
२. मेघराज केसी, फुटबल
३. पुष्पराज ओझा, एथलेटिक्स
४.जगत टमाटा, क्रिकेट
५. किरण थापा, ब्याडमिन्टन
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]