8 years ago
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९ को छनोट अन्र्तगत समूह चरणको तेस्रो खेलका लागि नेपाली टोली तयार रहेको नेपाली टोलीले आफ्नो तयारी पुरा भएको जनाएको छ । नेपाल र ताजिकिस्तानबीच मंगलबार एन्फाको एस्ट्रो ट्रफमा दियसो ३ बजेपछि खेल हुदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै नोपली टोलीका जापानी मुख्य प्रशिक्षक ग्यातोकु कोजीले नोपली टोली ताजकिस्तानविरुद्ध तयार भएको जानकारी गराएको हो । ‘विपक्षी टिमको रणनीति हेरेर हामी टिमको रणनीति बनाउनेछौं । घरेलु मैदान भएकाले नेपाललाई यसको फाइदा हुन सक्छ ।’ प्रि म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक कोजीले भने, ‘भविष्यलाई विचार गरेर प्रशिक्षण गरेका छौं । जापान भ्रमणको नतिजा तत्काल ननिस्कन सक्ला । तर, हामी ताजिकिस्तानविरुद्ध जितकै लागि खेल्नेछौं ।
यस्तै प्रशिक्षक कोजीले टिमका नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीले खेल्ने सम्भावना रहेको बताए । ‘प्रिन्स पक्कै पनि राम्रो खेलाडी हो । उनीमा खेल्ने स्पिरिट छ ।’ कोजीले भने, ‘त्यही भएर हामीले उनलाई टिममा राखेका छौं । आशा छ उनले खेल्नेछ ।’
नेपाली टिमका कप्तान विराज महर्जनले ताजिकिस्तान हामी भन्दा माथिल्लो स्तरको भएपनि जितका लागि खेल्ने बताए । ‘ताजिकिस्तान जित्न नसकिने टिम हैन । हाम्रो लक्ष्य तीन अंकको हुनेछ ।’ कप्तान महर्जनले भने, ‘हामी हाम्रो गल्ती दोहोर्याउदैनौ । डिफेन्सलाई बढी ध्यान दिनेछौ ।’ यस्तै कप्तान महर्जनले सबै पोजिसनमा राम्रो रहेकाले वेष्ट भन्दा वेष्ट दिएर खेल्ने बताए । उनले टिममा मिडफिल्डर विक्रम लामाको आगमनले पनिटिम थप बलियो भएको बताए ।
यता ताजिकिस्तानका प्रशिक्षक फुजायलोभ खाकिमले छनोट चरणमा दुई खेलमा हार बेहोरेपनि टिम नेपाललाई घरेलु मैदानमा पराजित गर्न सक्षम रहेको बताए । ‘हामीले समूह चरणमा दुई खेल हारिसकेका छौं । खेलाडीहरुलाई यसबारे मोटिभेसन दिएका छौं ।’ प्रि म्याच कन्फ्रेसमा प्रशिक्षक खाकिमले भने, ‘खेलाडीहरु नेपालसँग खेल्न उत्साहित छन् । आशा छ टिमले घरेलु टोलीलाई पराजित गर्नेछ ।’
छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले तीन घरेलु र तीन अवे खेल खेल्नुपर्नेछ । जसमध्ये नेपालले एक अवे र एक होम खल खेलिसकेको छ । यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]