8 years ago
September 4, 2017
भरतपुर (हाम्रो खेलकुद)– प्रथम इप्लानेट जेसिज कपमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लब पनि स्तब्ध पाएको छ । नारायगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा पोखरा ११ सँग सोमबार १–० पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरएको छ ।

पोखरा ११ भने प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अघिल्लो दिनमात्र हेटौडाको विजय युथ क्लबसँथ टाइब्रेकरमा पराजित हुँदै ए डिभिजन क्लब फ्रेन्ड्स प्रतियोगिताबाट बाहिरिएको थियो ।
आज सुनिल विकले ६७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । सुनिल नै खेलको म्यान अफ दी म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । विजय युथ र सुदूरपश्चिमाञ्चल भने यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
जेसिज कपमा मंगलबारको खेल
हिमालयन शेर्पाविरुद्ध झापा ११
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]