default_image

8 years ago

September 4, 2017

झापामा अर्को महिना एकेडेमी स्तरीय फुटबल हुने

128 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद)– मुनाल क्लब भद्रपुरले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकेडेमीले अर्को महिना एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

झापा जिल्लामा रहेको एकेडेमीमा प्रशिक्षण गरिरहेका खेलाडीबीचको प्रतिस्पर्धाले स्तरीय खेलाडी उत्पदान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चन्द्रगढी एकेडेमीले जनाएको छ ।

असोज २ देखि ११ गतेसम्म दस दिन सम्म मेची रंगशालामा हुने प्रतियोगिताबाट बचत हुने रकम चन्द्रगढी एकेडेमीका खेलाडीको स्तरबृद्धिका लागि खर्च गरिने प्रतियोगिता संयोजक युगल किशोर राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । राई पूर्व राष्ट्रिय खेलाडी हुन् ।

अर्को वर्षदेखि एकेडेमी स्तरीय प्रतियोगितालाई होम एन्ड अवे लिगका आधारमा सञ्चालन गर्ने बताइएको छ । यसपटकको प्रतियोगिताका काकरभिट्टा, विर्तामोड, सैनिक, केर्खा, दमक, जलथल, मंगलबारे, एपिएफ दमक र आयोजक चन्द्रगढी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार, दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोज समितिका सचिव केशव मैनालीले बताए । समितिका कोषाध्यक्ष हिम्मत पाण्डेका अनुसार प्रतियोगितामा झन्डै १० लाख रुपैयाँ खर्च हुनेछ ।

मेची रंगशाला ।

 

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.