default_image

8 years ago

September 5, 2017

एसियन कप छनोटमा नेपालका लागि महत्वपूर्ण खेल

353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपालको खेल आजका लागि महत्वपूर्ण छ । यसअघिका २ खेलमा १ हार र १ मा बराबरी गरेको नेपालले आज ताजकिस्तानको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’मा हुनेछ । ताजकिस्तानले यसअघिका दुवै खेल गुमाइसकेको छ । त्यसैले उसका लागि पनि यो खेल त्यत्तिकै महत्वपूर्ण छ ।

Nawayug Shrestha and Ananta Tamang

ताजकिस्तानसँगको खेलका लागि नेपालले केही साताअघि जापान भम्रण गरेको थियो । जहाँ नेपालले विश्वविद्यालयका टोली र अन्य क्लबसँग गरि ५ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । यसअघिका छनोटमा भन्दा नेपालले यस पटकको तयारीमा बढी मैत्रीपूर्ण खेलको अवसर पाएको थियो ।

विना कुनै मैत्रीपूर्ण खेल चैतमा फिलिपिन्ससँग खेलेको नेपालले जेठमा यमनसँग खेल्नुअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । समूहमा फिलिपिन्स सबैभन्दा बलियो टोलीका रुपमा रहेको । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । यमनसँगको खेलमा गोलरहित बराबरी खेल्दै नेपालले पहिलो अंक जोडेको थियो । ताजकिस्तानलाई हराउन सकेको खण्डमा नेपालको दाबेदारी पनि केही बलियो हुन सक्नेछ ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको कोजी र कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्ध जितको आशा व्यक्त गरेका छन् । कोजीले पहिलो पटक टोलीमा समेटिएका जर्ज प्रिन्स कार्कीले ‘डेब्यू’ गर्ने सम्भावना रहेको पनि संकेत गरेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.