default_image

7 years ago

September 5, 2017

पहिलो हाफमा नेपाल २–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – खेलको आधा घन्टामै २ गोल खाएपछि नेपाल एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानसँगको पहिलो हाफमा २–० ले पछि परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भैरहेको खेलमा नेपाल पछि परेको हो । ताजिकिस्तानका लागि २६ औं मिनेटमा जालीलोभले गोल गर्दै अग्रता दिलाए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलको आधा घन्टामै २ गोल खाएपछि नेपाल एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानसँगको पहिलो हाफमा २–० ले पछि परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भैरहेको खेलमा नेपाल पछि परेको हो ।

ताजिकिस्तानका लागि २६ औं मिनेटमा जालीलोभले गोल गर्दै अग्रता दिलाए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा गोल गरेका थिए । पहिलो प्रयास नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेपनि दोस्रो पटक जालिलोभले हुलमुलमा बललाई पोष्टको दिशा दिएको थिए ।

पहिलो गोलको चार मिनेट पछि नै ३० औं मिनेटमा भासिव दिलसुडदले पाहुना टोलीको अग्रता दोब्बर पारे । उनको प्रहार गोलरक्षक किरणले रोक्ने कुनै पनि मौका पाएनन् । यसअघि किरणले सातौं मिनेटमा ताजिकिस्तानको प्रहार पञ्च गरेर बचाएको थियो । नवौं मिनेट एलिभको प्रहारलाई पञ्च गरेर नै बचाएका थिए ।

यस्तै नेपालले खेलको दोस्रो मिनेटमा गोलको आक्रमण बुनेपनि गोल गर्न सकेन । करिव २५ यार्डबाट नवयुग श्रेष्ठको प्रहार निकै फितलो बन्यो । चौथो मिनेटमा पनि नवयुगले भरत खवासको पासलाई भेट्न सकेन । दोस्रो हाफ केही बेरमा शुरु हुदैछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.