8 years ago
September 5, 2017
ललितपुर (हाम्रो खेलकुद)– नेपाल आज घरेलु मैदानमा पराजित भएपछि एएफसी एसियन कप छनोटमा समूह ‘एफ’ को पुछारमा पुगेको छ । नेपाललाई २–१ ले हराउँदै पहिलो अंक जोडेको ताजकिस्तान पुछारबाट तेस्रो स्थानमा उक्लन सफल भएको छ । दोस्रो हाफमा नेपाल गोल फर्काउन सफल भएपनि अर्को गोल थप्न नसक्दा छनोटमा दोस्रो हार बेर्होन बाध्य भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’ मा भएको खेलको पहिलो हाफमै २–० ले पछि परेको नेपालका लागि युवा स्ट्राइकर विमल घर्तीमगरले गोल गरेका थिए । ३९ औं मिनेटमा नवयुग श्रेष्ठको ठाँउमा मैदान प्रवेश गरेका विमलले ६१ औं मिनेटमा गोल गर्दै नेपालको आशा जगाएका थिए । अञ्जन विष्टले निकालेको पासलाई नियन्त्रणमा लिदै विमलले ताजकिस्तान गालकिपर माकामोभा अघि बढेको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।
त्यसअघि नेपालले आधा घन्टा भित्र २ गोल खाँदा दबाबमा परेको थियो । ताजिकिस्तानका लागि २६ औं मिनेटमा जालीलोभले गोल गरेका थिए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा गोल गरेका थिए । पहिलो प्रयास नेपाली गोलकिपर किरण चेम्जोङले रोकेपनि दोस्रो पटक जालिलोभले हुलमुलमा बललाई पोष्टको दिशा दिएको थिए । त्यसको चार मिनेट पछि नै ३० औं मिनेटमा भासिव दिलसुडदले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनको प्रहार किरणले रोक्ने मौका समेत पाएनन् ।
ताजिकिस्तानको खेलमार्फत ‘डेब्यू’ गरेका जर्ज प्रिन्स प्रिन्स जर्ज कार्कीका दुई वटा प्रहार फिलता रहे । त्यसअघि ५३ औं मिनेटमा करिव ३० यार्ड टाढाको प्रहार थोरै बाहिरिदा नेपालले गोल अन्तर कम गर्ने मौका खेर फालेको थियो । ताजिकिस्तानले भने दोस्रो हाफमा नेपाली गोलपोष्टमा धेरै प्रहार गरेन । ६९ औं अस्रोभको प्रहार थोरै नजिकबाट बाहिरिएको थियो ।
पहिलो हाफको नवौं मिनेटमा एलिभको प्रहारलाई किरणले पञ्च गरेर नै जोगाए । नेपालले खेलको दोस्रो मिनेटमा गोलको आक्रमण बुनेपनि सफल भएन । करिव २५ यार्डबाट नवयुग श्रेष्ठको प्रहार फितलो रह्यो । चौथो मिनेटमा भरत खवासको पासलाई नवयुगले भेट्टाउन सकेनन् ।समूह ‘एफ’ मा दुई जित सहित फिलिपिन्स अंक तालिकाको शीर्षस्थानमा छ भने यमन दोस्रो स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]