8 years ago
September 5, 2017
भद्रपुर (हाम्रो खेलकुद)– प्रथम इ प्लानेट जेसिस कप फुटबल प्रतियोगिताको चौथो दिन पनि ए डिभिजन क्लब स्तब्ध हुने क्रम रोकिएको छैन । अर्को ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लब पनि जेसिस कपबाट बाहिरिएको छ ।
नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा आज राष्ट्रिय लिग खेलेको झापा ११ सँग बुधबार ३–१ ले पराजित हुँदै हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । झापाको जितमा कर्ण लिम्बु, बुद्ध चेम्जोङ र योगेश गुरुङले गोल गरेका थिए । यो जितपछि झापा क्वार्टरफाइनल पुगेको छ । शनिबार सुरु भएको प्रतियोगिताको दोस्रो दिन ए डिभिजन क्लब फ्रेन्ड्स र हिजो नेपाल पुलिस क्लब पराजित हुँदै बाहिरिसकेका छन् ।
दिलसान लोख्तामको आत्मघाती गोलबाट पाँचौं मिनेटमा झापा खेलमा पछि परेको थियो । तर टोलीले छिट्टै खेलमा पुनरागमन गरेको थियो । कर्णले १८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ५८ औं मिनेटमा बुद्धले ५८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेल सकिन १४ मिनेट बाँकी रहँदा झापाले अर्को गोल थपेको थियो । योगेशले पेनाल्टीमा गोल गरेका थिए । हिमालयनका गोलकिपर एलन न्यौपानले कर्णलाई पेनाल्टी बक्समा लडाएपछि झापाले पेनाल्टी पाएको थियो ।
बुद्ध खेलको म्यान अफ द घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बुद्धलाई पुरस्कार हस्तान्तरण गरे । सुदूर पश्चिम र हेटौडा विजय युथ क्लब जेसिस कपको सेमिफाइनलमा पुगिसकेका छन् । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ प्रँप्त गर्नेछन् ।
जेसिस कपमा बुधबारको खेल एपिएफविरुद्ध पोखरा ११
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]