default_image

7 years ago

September 5, 2017

घरलु मैदानमा फिलिपिन्स हारबाट जोगियो, यमनसँग बराबरी

मनिला (एजेन्सी)– नेपालले ताजिस्तानलाई २–१ नतिजा सुम्पेको दिन एएफसी एसियन कपको छनोट चरणअन्तर्गत एकै समूहको अर्को समूहको अर्को खेलमा फिलिपिन्सले यमनसँग २–२ को बराबरी खेलेको छ । फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा दुई पटकको अग्रता गुमाएपछि यमनले बराबरीमा चित्त बुझाउनु परेको थियो । भ्रमणकारी यमनले मुदिर अल रदाईको गोलमा २७ औं मिनेटमा अग्रता लिएको थियो । […]

22 views

0 Bookmark

मनिला (एजेन्सी)– नेपालले ताजिस्तानलाई २–१ नतिजा सुम्पेको दिन एएफसी एसियन कपको छनोट चरणअन्तर्गत एकै समूहको अर्को समूहको अर्को खेलमा फिलिपिन्सले यमनसँग २–२ को बराबरी खेलेको छ । फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा दुई पटकको अग्रता गुमाएपछि यमनले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

Yemen

भ्रमणकारी यमनले मुदिर अल रदाईको गोलमा २७ औं मिनेटमा अग्रता लिएको थियो । फिल यन्गहस्बेन्डले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरी दिलाए । अब्दुल्वासी अल मातारीले ५५ औं मिनेटमा गोल गरेपछि यमनले दोस्रो पटक अग्रता लिएको थियो ।

तर, त्यो अग्रता पनि लामो समय टिक्न सकेन । जेम्स यन्गहस्बेन्डले ७१ औं मिनेटमा गोल गर्दै घरेलु टोली खेलमा फर्काए ।फिलिपिन्सले यसअघि घरेलु मैदानमा नेपाललाई ४–१ ले हराएको थियो । नेपालले घरेलु मैदानमा यमनलाई गोलरहित बराबरी खेलेको थियो ।

समूह ‘एफ’ मा अन्तर्गत घरेलु मैदानमा आज ताजिकिस्तानसँग पराजय भोगेपछि नेपाल अंक तालिकाको पुछारमा पुगेको छ । फिलिपिन्स २ जित र १ बराबरी पछि ७ अंकको साथमा शीर्षस्थानमा छ भने दोस्रो स्थानको यमनको ५ र ताजकिस्तानको ३ अंक छ । नेपालको १ अंक मात्र छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.