default_image

8 years ago

September 9, 2017

रियल म्याड्रिडले लेभान्टेको सामना गर्दै

102 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला-लिगामा गत सालको विजेता रियल म्याड्रिड लेभान्टेसँग भिड्दै छ । यस सिजन दुवै टोलीले दुई खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंक बटुलेका छन् ।

Madrid Bale Asensio

सिजनका अघिल्ला खेलहरुमा रियलले डेपोर्टिभोलाई ३-० ले हराएको थियो भने भ्यालेन्सियासँग २-२ को बराबरी खेलेको थियो । अर्को तर्फ लेभान्टेले भियारियललाई १-० ले हराएर डेपोर्टिभोसँग २-२ को बराबरी खेलेको थियो ।

रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो यस खेलमा सहभागी हुने छैनन् । बार्सिलोनाविरुद्धको सुपरकपको पहिलो लेगमा रेफ्रिलाई धकेलेको आरोपमा उनले ५ खेलको प्रतिबन्ध पाएका थिए । यसैगरी पहिलो खेलमा रातो कार्ड पाएका सर्जियो रामोस भने टोलीमा फर्कँदै छन् । रियल म्याड्रिडका अर्का डिफेन्डर राफायल भरान सामान्य चोटका कारण खेल्ने निश्चित छैन । गोलरक्षक केलर नाभास अन्तर्राष्ट्रिय खेल खेलेर शुक्रबार मात्र टोलीमा फर्केका कारण उनको स्थान किको कासिल्लाले लिने सम्भावना छ ।

लेभान्टेको तर्फबाट होसे मोरालेस डेपोर्टिभोसँग दुईवटा पहेंलो कार्ड पाएका कारण यस खेलका लागि प्रतिबन्धित छन् । राम्रै लयमा देखिएकाले लेभान्टेले टोलीमा खासै हेरफेर नगर्ने सम्भावना छ । रियल म्याड्रिड आफ्नो घरेलु मैदानमा खेलेका पछिल्ला २५ मध्ये २४ मा अपराजित छ । यसैगरी रियलले लेभान्टे विरुद्ध खेलेका पछिल्ला ९ खेल आफ्नो पक्षमा पारेको छ । खेल आज बेलुका नेपाली समय अनुसार ४.४५ बजे सुरु हुने छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.