default_image

8 years ago

September 13, 2017

च्याम्पियन्स लिगमा चेल्सीको फराकिलो जित

103 views

0 Bookmark

लन्डन ( एजेन्सी)-  इङ्लिस् टोली चेल्सीले गए राती खेलिएको च्याम्पियन्स लिग खेलमा फराकिलो जित दर्ता गर्न सफल रह्यो । चेल्सीले काराबागलाई आफ्नै घरेलु मैदानमा ६-० ले हराएको थियो ।

Chelsea

च्याम्पियन्स लिगमा एक सिजनपपछि आगमन गर्दै गरेको चेल्सीले आफ्ना केहि पहिलो रोजाईका खेलाडीहरुलाई विश्राम दिएपनि काराबागलाई खेलमा ६-० को फराकिलो गोलान्तरले हराउन सफल रह्यो ।

चेल्सीका लागि स्पेनिश खेलाडी पेड्रोले खेलको पांचौँ मिनेटमा गोलको खाता खोलेका थिए । खेलको ३० औँ मिनेटमा चेल्सीका नव खेलाडि डेभिड जापाकोस्टाको शान्दार गोलको मद्दतले चेल्सीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

त्यस्तै दोस्रो हाफमा सेजार एज्पिलिक्वेटाले एक गोल तथा टेमो बाट्सुवायीले दुई गोल गर्न सफल रहे । खेलको ८२ औँ मिनेटमा काराबागका खेलाडी मेडभेडेभको आत्मघाती गोलसँगै चेल्सीले आफ्नो शान्दार जित सुनिश्चित गरेको थियो ।

जितसँगै चेल्सी समूह ‘सी’ को अग्रस्थानमा उक्लेको छ । समूहको अन्य खेलमा रोमा र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेलेका थिए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.