default_image

8 years ago

September 14, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

97 views

0 Bookmark

नेदरल्यान्ड्स (एजेन्सी) – इङ्लिस् टोली  म्यानचेस्टर सिटिले गए राती खेलिएको च्याम्पियन्स लिग खेलमा फराकिलो जित दर्ता गर्न सफल रह्यो । म्यानचेस्टर सिटीले फेएनुर्डलाई  बिपक्षीको खेल मैदानमै ०-४ ले पराजित गरेको थियो ।

खेल भरिनै हाबी रहेको सिटीले ४ मध्ये ३ गोल खेलको पहिलो हाफमै गर्न सफल भएको थियो। सिटीका लागि डिफेन्डर जोन स्टोन्सले दुई गोल तथा गाब्रियल जेसस र सर्जियो एगुइरोले एकएक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै खाता खोलेको सिटीका लागि सिल्भाले दिएको पासमा स्टोन्सले गोल गरेका थिए। पहिलो हाफमा सिटीका फरवार्डद्वय जेसस र एगुइरोले थप दुई गोल गरे ।

जेससले च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल खेलिरहेका थिए । खेलको ६२ औँ मिनेटमा कर्नरबाट अर्को हेडर गोल गर्दै स्टोन्सले सिटीको जित सुनिश्चित गरेका थिए । १ मिनेट ३५ सेकेन्डमा गरिएको पहिलो गोल सिटीका लागि च्याम्पियन्स लिगमा सबैभन्दा छिटो गोल थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.