8 years ago
September 20, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसलाई सान्टियागो बेर्नाबेउमा निम्त्याउँदैछ । लगातार दुई खेलको बराबरीपछि यहि साता भने रियलले विजय लय भेट्टाएको थियो । यद्दपी त्यो आइतबारको जितमा करिम बेन्जेमा, टोनी क्रुस, क्रिस्टियानो रानाल्डो विनानै टोली उत्रिएको थियो । त्यसका वावजुद टोली तीन अंक जोड्न सफल भएको थियो ।
पछिल्लो सफलताका नायक थियो हर्नान्डेजको काँधमा चोट लागेपछि उनी कम्तीमा केही साताका लागि मैदान बाहिर हुने भएका छन् । यो खेलमार्फत मार्सेलो मैदान फर्कदैछन् । उनी पछिल्लो खेलमा प्रतिबन्धमा थिए । चोटमुक्त भएका क्रुस पनि आजको खेलको पहिलो रोजाइमा पर्ने सम्भावना छ । बेन्जेमा र काभाकिक भने अझै केही दिनपछि मात्र खेलमा फर्कने सम्भावना छ ।
तर, सबैको नजर भने क्रिस्टियानो रोनाल्डोको पुनरागमनमा हुनेछ । स्पेनिस सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएका कारण उनले घरेलु फुटबलका पाँच खेल प्रतिबन्धमा बिताउनु परेको थियो । उनको अनुपस्थितिमा साविक विजेता रियलको सुरुआत राम्रो हुन सकेन ।
टोलीले चार खेलमा ८ अंक मात्र जोड्दा चिर प्रतिद्वन्द्वि बार्सिलोनाले सबै ५ खेल जित्दै १५ अंक जोडिसकेको छ । अर्को तिर रोनाल्डोको बार्सिलोनाका स्टार लियोन मेस्सीसँग सिजनको अन्त्यमा निर्णय हुने गोल्डेन बुटका लागि पनि व्यक्तिगत प्रतिस्पर्धा हुन्छ नै । घरलु फुटबलमा प्रतिबन्धमा भएपनि गत साता च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा रोनाल्डो राम्रो लयमा देखिएका थिए । रियल र बेटिसको खेल नेपाली समय अनुसार आज राती १ः४५ बजे सुरु हुनेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]