default_image

8 years ago

September 21, 2017

घरेलु मैदानमा रियल पराजित

125 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ ।

Ronaldo

रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको जितमा उत्कृष्ट प्रदर्शन गरे । इस्को , टोनी क्रुस र ग्यारेथ बेललाई गोल गर्नबाट रोक्दै एडानले पूर्व क्लबलाई १७ महिना पछि पहिलो पटक गोलरहित रोक्न बाध्य बनाए ।

खेलको अधिकांश समय रियलको आक्रमणलाई रोकेको बेटिसले इन्जुरी समयको चौथो मिनेटमा काउन्टर एट्याक मार्फत घरेलु टोलीलाई स्तब्ध बनायो । सानाब्रियाले हेड मार्फत गोल गर्दै बेटिसलाई जित दिलाए ।

रियलले पछिल्ला चार मध्ये २ खेलमा जित र २ मा बराबरी गरेको थियो ।  रियलको ५ खेलमा ८ अंक छ भने बेटिसले ५ खेलमा ३ जित दर्ता गरिसकेको छ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.