8 years ago
September 21, 2017
म्यानचेस्टर (एजेन्सी) – ईएफएल कपको तेस्रो राउन्डमा गए राति म्यानचेस्टर युनाइटेडले बर्टनमाथि ४-१ को सजिलो जित दर्ता गरेको छ । युनाइटेडको जितमा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले बलियो सुरुवात गर्ने क्रममा रासफोर्डले पांचौँ र १७ औँ मिनेटमा गोल गरेका थिए । जेस्से लिनगार्डको अर्को गोलको मद्दतले घरेलु टोलीको पहिलो हाफमै जित पक्का जस्तै भएको थियो । त्यस्तै रासफोर्डकै पासको सदुपयोग गर्दै एन्थोनी मार्सियालले खेलको चौथोगोल गरे । बर्टनका लागि लोयड डायरको इन्ज्युरी मिनेटमा सान्तवना गोल थपेका थिए ।
त्यसैगरी मिची ब्याटसुवायीको ह्याट्रिकको मद्दतले चेल्सीले नोटिङहाम फरेस्टलाई ५-१ ले हरायो । चेल्सीका लागि अन्य गोल २० वर्षे फरवार्ड चार्ली मुसोन्डा र रोबर्ट केनेडीले गरेका थिए । नोटिङहाम फरेस्टले पनि इन्ज्युरी समयमा एक सान्तवना गोल हात पारेको थियो ।
आर्सनल र म्यानचेस्टर सिटी पनि आफ्ना खेलहरुमा विजयी रहे । थियो वाल्कटको एक मात्र गोलको मद्दतले आर्सनलले डोन्कास्टरलाई १-० ले हराउन सफल रह्यो भने म्यानचेस्टर सिटीको प्रिमियर लिग टोली वेस्ट ब्रोम माथिको जितमा विङ्गर लेरोय सानेले २ गोल गरे । क्लाउडियो याकोबले वेस्ट ब्रोमका लागि एक गोल गरेका थिए ।
मङ्गलबार रातिको खेलमा प्रिमियर लिगको अर्को शीर्ष ६ को टोली टोटनह्याम हटस्पर पनि बार्न्सलीलाई १-० हराउन सफल रहेको थियो । टोटनह्यामका मिडफिल्डर डेले अल्लीले खेलको निर्णायक गोल गरेका थिए ।
शीर्ष ६ टोलीमध्ये तेस्रो राउन्डबाटै बाहिरिनेमा लिभरपुल मात्र पर्यो । लिभरपुलले मङ्गलबार लेस्टरसँग २-० ले हारेको थियो । लेस्टरका लागि सिन्जी ओकाजाकि र इस्लाम स्लिमानीले गोल गर्दै लिभरपुललाई निराश पारेका थिए ।
तेस्रो राउन्डका अन्य नतिजाहरु :
ब्रेन्टफोर्ड १-३ नर्विच
वेस्ट ह्याम ३-० बोल्टन
बर्नली २-२ लिड्स (लिड्सको पेनाल्टीमा ५-३ को जित)
वुल्भ्स १-० ब्रिस्टोल रोवेर्स
एस्टन भिल्ला ०-२ मिडल्सब्रो
बोर्नमाउथ १-० ब्राइटन
क्रिस्टल प्यालेस १-० हडर्सफिल्ड
ब्रिस्टोल सिटी २-० स्टोक सिटी
रिडिङ ०-२ स्वान्सी सिटी
एभर्टन ३-० सन्डरल्यान्ड
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]