8 years ago
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा फाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल महत्वपूर्ण हुनेछ । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
पहिलो खेलमा भारतलाई हराएको बंगलादेश ६ अंकसहित शीर्षस्थानमा छ । नेपालको ३ अंक छ र टोली चौथो स्थानमा छ । अर्को खेलमा भारतले माल्दिभ्सको सामना गर्दै छ । भारतले पहिलो खेल बंगलादेशसँग पराजित भएयता दोस्रो खेलमा घरेलु टोली भुटानलाई ३–० को सहज जित दर्ता गरेको थियो । अघिल्लो तीन खेल हारेको माल्दिभ्सको प्रतियोगितामा आज अन्तिम खेल हो । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]