8 years ago
September 23, 2017
भद्रपुर (हाम्रो खेलकुद)– काकरभिट्टा फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रानी पुलिस क्लब विराटनगरलाई आज ४–१ ले हराउँदै काकरभिट्टा अन्तिम चारमा पुगेको हो ।

काकरभिट्टालाई जित दिलाउन खमिर गिल्सन कन्दङ्वाले २ तथा सानुका लिम्बु र सञ्जोक राईले समान १ गोल गरे । रानी पुलिसका लागि सुनिल यादवले गोल गरे । फाइनल प्रवेशका लागि काकरभिट्टाले सोमबार सैनिक युवा क्लबको सामना गर्नेछ ।
मेची रंगशालामा २७ औं मिनेटमा खमिरको गोलबाट काकरभिट्टाले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै सानुकाले गोल गरे भने खमिरले पहिलो हाफको अन्तिम मिनेटमा गोल थपे । ८० मिनेटको खेलको ४४ औं मिनेटमा रानी पुलिसका लागि सुनिलले गोल फर्काए ।
तर, सञ्जोकले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि काकरभिट्टाको जित थप सहज बनेको थियो । म्यान अफ दी म्याच घोषित विजयी टोलीमा मिलन राईलाई समाजसेवी श्रीकाजी लिम्बु ट्रफी प्रदान गरे ।
प्रतियोगितामा आइतबार केर्खा स्टार र एपिएफ दमकबीच पहिलो सेमिफाइनल हुने आयोजक समितिका संयोजक युगल किशोर राईले जानकारी दिए ।
मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]