default_image

8 years ago

September 24, 2017

इराक र भारत बीचको खेल गोलरहित , नेपालको सम्भावना समाप्त

152 views

0 Bookmark

विविध सुवेदी / दिपेन्द्र पोखरेल

काठमाडौं – एएफसी यु-१६ च्याम्पियन्सिप अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपालको छनोट हुने सम्भावना भने यस नतिजासँगै समाप्त भएको छ । इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको छनोटको सम्भावना अब अरु समूहहरुको नतिजामा निर्भर हुने छ ।

Iraq India

समूह विजेताका रुपमा स्वत: छनोट हुनका लागि भारतका लागि यो जित्नै पर्ने दबाब थियो । त्यसैले खेलमा आक्रमक सुरुवात गरेको भारतका बिकि ओरामले छैठौँ मिनेटमा वान-अन-वान अवसर गुमाएका थिए । त्यस्तै इराकका तर्फबाट हसन सलमान शननको २५ औँ मिनेटको बलियो प्रहार र मुर्ताधा अहमेद अल-फुराजीले २८ औँ मिनेटमा बक्स भित्रबाट गरेको प्रहार भारतका गोलकिपर लालबियक्लुवा जोङ्तेले राम्रो बचाऊ गरे ।

दोस्रो हाफमा भने इराकले बलियो सुरुवात गरेपनि पहिलो राम्रो अवसर भने भारतले पाएको थियो । फ्रिकिकबाट मोइराइङ्गथेम थोइबा सिहंको हेडरलाई इराकी गोलकिपर मोहम्मद हसन अल-हमादानीले सजिलैले बचाऊ गरेका थिए । ७२ औँ मिनेटमा इराकले राम्रो अवसर खेर फालेको थियो । ६ यार्डभित्रबाट सजिद अब्बास अल-लामीले गरेको प्रहार पोस्टभन्दा धेरैमाथि गएको थियो ।

खेलको अन्तिम समयतिर दुवै टोलीले राम्रो अवसर सिर्जना गरे पनि तिनको सदुपयोग भने गर्न सकेका थिएनन् । ९० औँ मिनेटमा मोहम्मद लुए मान्डालावीले बललाई पोस्टको दिशा दिए पनि सलमान शनन अफ-साइड भएका कारण सो गोल स्विकार्य भएन ।

इराकले आफ्नो पहिलो खेलमा नेपाललाई १-० ले हराएको थियो र दोस्रो खेलमा प्यालेस्टाइनसँग ४-० ले विजयी रहेको थियो । त्यस्तै पहिलो खेलमा प्यालेस्टाइनलाई ३-०ले हराएको भारतले दोस्रो खेलमा नेपालसँग २-२ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग ३.३० बजे भिड्दै छ ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रशिक्षक बिबियानो फर्नान्डेजले नेपाल र नेपाली व्यवस्थापनलाई धन्यवाद दिए । ‘नेपाली टोलीले पनि दक्षिण एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्दै छ । नेपाल विरुद्धको खेलमा हामीले गुमाएका २ अंक नै प्रतियोगितामा हाम्रा लागि निर्णायक सावित भयो,’ फर्नान्डेजले जनाए । आफ्नो टोलीको प्रदर्शनबाट निकै खुशी रहेको र यस टोलीका करिब १५ जना पछि गएर भारतीय टोलीमा स्थान बनाउन सक्ने पनि उनले बताए । इराकी प्रशिक्षक अली हादी मोहसिनले भने,’हाम्रो मुख्य लक्ष्य छनोट हुने थियो । त्यसैले छनोट भएका कारण हामी निकै खुशी छौँ ।’

 

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.