8 years ago
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध भिड्दै छ । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरिरहे पनि नेपालले १-१ को बराबरी खेलिरहेको छ ।

पेनाल्टी मार्फत अग्रता दिलाएका बिर्जेश चौधरी । उनले भारतविरुद्धको खेलमा पनि दुई गोल गरेका थिए । तस्विर : विवेक सुवेदी
खेलको सुरुआतदेखि नै नेपाल आक्रामक रुपमा प्रस्तुत भएको हो । खेलको नवौँ मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । सो पेनाल्टी भारतसँग दुई गोल गरेका बिर्जेश चौधरीले आरामसँग गोलमा परिणत गरेका थिए ।
त्यस्तै खेलको २८ औँ मिनेटमा प्यालेस्टाइनले नेपाली डिफेन्सलाई बिट गर्न सफल भएका थिए । मिडफिल्डबाट आएको पास सदुपयोग गर्दै महमोद रिदातले गोलकिपर विशाल सुनारलाई छक्याए र बललाई पोस्टको दिशा दिएका थिए ।
नेपाल र प्यालेस्टाइन दुवै टोलीले खुलेर खेल्दै थुप्रै अवसरहरु सिर्जना गर्न सफल भएका छन् । तर दुवै टोलिका गोलकिपरहरुले राम्रो बचाऊहरु गर्दै पहिलो हाफको अन्त्यसम्म खेललाई १-१को स्कोरमा रोकेका छन् ।
समूहको पहिलो खेलमा नेपाल इराकसँग १-० ले हारेको थियो भने दोस्रो खेलमा भारतसँग २-२ को बराबरी खेलेको थियो । त्यस्तै पहिलो खेलमा भारतसँग ३-० ले हारेको प्यालेस्टाइनले दोस्रो खेलमा इराकसँग ४-० को हार बेहोरेको थियो । यस अघिको खेलमा इराक र भारतले गोलरहित बराबरी खेलेसँगै नेपालको छनोटको सम्भावना समाप्त भएको थियो । प्यालेस्टाइन भने दुई हार बेहोर्दै पहिले नै बाहिरिसकेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]