8 years ago
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल
काठमाडौं – एएफसी यु–१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध २–१ ले हारेको छ । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालका लागि बिर्जेश चौधरीले एक गोल गरेका थिए ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
खेलको ९ औं मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाउँदा पाएको पेनाल्टीलाई नेपालका बिर्जेश चौधरीले आरामसँग गोलमा परिणत गरेका थिए । बिर्जेशले भारत विरुद्ध पनि दुई गोल गरेका थिए ।
त्यस्तै खेलको २८ औँ मिनेटमा मिडफिल्डबाट आएको पास सदुपयोग गर्दै प्यालेस्टाइनका महमोद रिदातले गोलकिपर विशाल सुनारलाई छक्याई गोल गर्दै खेल बराबरी बनाएका थिए । सो गोल प्यालेस्टाइनको यस प्रतियोगितामा पहिलो गोल थियो । पहिलो हाफमा दुवै टोली खुलेर खेल्दै थुप्रै अवसरहरु सिर्जना गरेका थिए ।
नेपालले दोस्रो हाफको ६१ औँ मिनेटमा गोल गर्ने राम्रो अवसर पाएको थियो । डि–बक्स भित्रबाट दर्शन गुरुङले गरेको प्रहार प्यालेस्टाइनी गोलकिपर मोहम्मद हामेदले राम्रो बचाऊ गरेका थिए ।
दोस्रो हाफमा नेपाल अग्रता लिन अझ बढी प्रयासरत देखिए पनि ७५ औँ मिनेटमा प्यालेस्टाइनले काउन्टर अट्याकमा गोल गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । काउन्टर अट्याकमा बसार सइदले बल अगाडि लग्दै महमोद रिदातलाई पास दिएका थिए । रिदातले डि–बक्सभित्र पाएको सो अवसरको राम्रो सदुपयोग गर्दै स्कोर २–१ बनाएका थिए ।
यस नतिजासँगै प्यालेस्टाइन ३ अंक बटुल्दै तेस्रो स्थानमा उक्लेपछी ५ अंक बटुलेको भारतको छनोट हुने सम्भावना बलियो बनेको छ । त्यस्तै नेपाल १ अंकसहित समूहको पुछारमा रहेको छ । इराक भने ७ अंक सहित समूह विजेताको रुपमा स्वत: छनोट भएको हो ।
समूहको पहिलो खेलमा नेपाल इराकसँग १–० ले हारेको थियो भने दोस्रो खेलमा भारतसँग २–२ को बराबरी खेलेको थियो । त्यस्तै पहिलो खेलमा भारतसँग ३–० ले हारेको प्यालेस्टाइनले दोस्रो खेलमा इराकसँग ४–० को हार बेहोरेको थियो । यस अघिको खेलमा इराक र भारतले गोलरहित बराबरी खेलेसँगै नेपालको छनोटको सम्भावना समाप्त भएको थियो । प्यालेस्टाइन भने दुई हार बेहोर्दै पहिले नै बाहिरिसकेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]