default_image

8 years ago

September 24, 2017

केर्खा स्टार झापा एकेडेमी फुटबलको उपाधि नजिक

124 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एपिएफ दमकलाई आज भएको सेमिफाइनलमा १–० ले हराउँदै केर्खा उपाधि नजिक पुगेको हो ।

अब कारकभिट्टा फुटबल एकेडेमी र सैनिक युवा क्लबको विजेतासँग केर्खाले फाइनल खेल्नेछ । मेची रंगशालामा भएको सेमिफाइनलमा रोशन दनुवारको गोलबाट केर्खाले ५० औं मिनेटमा खेलमा अग्रता लिएको थियो । त्यहि अग्रता जोगाउन सफल हुँदै केर्खा अन्तिम दुईमा पुगेको हो ।

५९ औं मिनेटमा एपिएफले खेल बराबरीको अवसर पाएपनि सदुपयोग गर्न सकेन । उसले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरीको अवसर गुमेको थियो । केर्खाका गोलकिपर ओमन लामा खेलको म्यान दफ दी म्याच घोषित भए । उनलाई फुटबलका वरिष्ठ प्रशिक्षक भगिरथ आलले ट्रफी प्रदान गरे ।

प्रतियोगितामा सोमबार कारकभिट्टा र सैनिक युवाबीच दोस्रो सेमिफाइनल हुने प्रतियोगिता आयोजक समितिका संयोजक युगल किशोर राईले जानकारी दिए । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

केर्खाका गोलकिपर ओमन लामालाई म्यान अफ दी म्याच ट्रफी प्रदान गर्दै फुटबलका वरिष्ठ प्रशिक्षक भगिरथ आले ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.