default_image

8 years ago

September 25, 2017

भारत विजयी , माल्दिभ्सको प्रतियोगितामा पहिलो गोल

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । यसअघि प्रतियोगितामा भुटान , नेपाल र बंगलादेशसँग पराजित माल्दिभ्सले गरेको यो पहिलो गोल हो ।

India

माल्दिभ्सले १८ औं मिनेटमा अहमेद थोलालको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । भारतका प्रिन्सटोन रेबेल्लोले ३७ औं मिनेटमा खेललाई बराबरीमा पुर्याए भने ४१ औं मिनेटमा अभिषेक हल्दारले भारतलाई अग्रता दिलाए । दोस्रो हाफमा भारतले खेल नियन्त्रणमा लिए पनि थप गोल गर्न सकेन ।

पहिलो खेलमा बंगलादेशसँग ४-३ ले पराजित भारतले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । भारतले अन्तिम खेलमा बुधबार नेपालको सामना गर्दै छ ।

त्यस्तै माल्दिभ्सले आयोजक भुटानसँग १-० को पराजयसँगै प्रतियोगिताको सुरुआत गरेको थियो । त्यसयता नेपाल र बंगलादेशसँग माल्दिभ्स २-० ले पराजित भएको थियो। आजको अर्को खेलमा नेपाल र बंगलादेश भिड्दै छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.