default_image

8 years ago

September 25, 2017

साफ यू १८: नेपालको उपाधि जित्ने सम्भावना जीवित

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपालले उपाधि जित्ने सम्भावनालाई जीवित राखेको छ । आज भएको खेलमा रोमन लिम्बुको निर्णायक गोलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको छ ।

समान ६ अंक भएका नेपाल र भारतबीच अन्तिम दिन प्रतिस्पर्धा हुनेछ । यसअघि दुई खेल जितेको बंगलादेशको पनि ६ अंक छ । रोमनले ८१ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफ मा १–१ को बराबरी भएको थियो । तीन खेलमा नेपालको यो दोस्रो जित हो । आजै यसअघिको खेलमा भारतले माल्दिभ्सलाई २–१ ले हराइसकेका कारण पनि नेपालले अन्तिम दुईमा पुग्न आजको खेल जित्दै पर्ने हुन्छ ।

नेपालले बंगलादेशविरुद्ध लिएको अग्रता जोगाउन सकेन । अभिषेक रिजालले २२ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए । तर, नेपालले ८ मिनेटपनि अग्रता जोगाउन सकेन । ३० औं मिनेट बंगलादेशका लागि मोहम्मद अल अमिनले बराबरी गोल फर्काएका थिए । बंगलादेशले अघिल्ला दुवै खेल जितेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.