default_image

8 years ago

September 26, 2017

सोलिडारिटी कप विजेतालाई एक बर्षपछि पुरस्कार

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप जितेको झन्डै एक बर्षपछि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नगद पुरस्कार वितरण गर्ने भएको छ ।

विजेता टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ दिने एन्फाले त्यति बेला नै घोषणा गरेको थियो । गत वर्ष कार्तिकमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । फाइनलमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

प्रतियोगितामा सात राष्ट्रको सहभागिता थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको त्यो पहिलो पटक थियो । त्यहि सफलताले नेपाललाई एसियन कप छनोटमा पुनः खेल्ने मौका पाएको थियो ।

ग्वामले छनोट बाट नाम फिर्ता लिएपछि त्यो ठाँउमा एएफसीले नेपाललाई मौका दिएको थियो । अहिले नेपाल एसियन कप छनोट चरणमो पुछारमा रहेको छ । अहिले सम्मका तीन खेलमा २ खेल गुमाएको नेपालले यमनसँग बराबरी गरेको थियो ।

सोलिडारिटी कपमा नेपाली टोली

गोलकिपर – विकेश कुथु, किरण लिम्बु, विशाल श्रेष्ठ
रक्षक – रविन श्रेष्ठ, विराज महर्जन, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ , देवेन्द्र तामाङ, रञ्जित धिमाल
मिडफिल्ड – विशाल राई, हेमन गुरुङ, विक्रम लामा,अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल
फरवार्ड – विमल घर्तीमगर,रञ्जन विष्ट, अनिल गुरुङ,सुमन लामा, नवयुग श्रेष्ठ, भरत खवास
प्रमुख प्रशिक्षक – ग्योटुकु कोजी
प्रशिक्षक – राजु शाक्य
गोलकिपर प्रशिक्षक – उज्वल मानन्धर
व्यवस्थापक – विराटजंग शाही

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.