भद्रपुर (हाम्रो खेलकुद)– झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि आज काकरभिट्टा टे«निङ सेन्टर र केर्खा स्टार क्लबीच प्रतिस्पर्धा हुँदैछ । मेची रंगशालामा हुने फाइनलको विजेताले उपाधिसहित १ लाख १ हजार तथा दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
जिल्लामा फुटबल खेलाडी उत्पादन र ती खेलाडीबीचको प्रतिस्पर्धाबाट स्तर उन्नत हुने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक रहेको पूर्व राष्ट्रिय युगल किशोर राईले बताएका छन् ।
कारकभिट्टाले सैनिक युवा क्लबलाई ३–१ र केर्खाले एपिएफ दमकलाई २–१ले हराउँदै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका थिए । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।