default_image

8 years ago

September 27, 2017

नेपाल उपाधि नजिक : पहिलो हाफमा भारत विरुद्ध २-० को अग्रता

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलको पहोलो हाफ सकिदा नेपाल भारतविरुद्ध २-० को अग्रतामा छ । नेपालका लागि दुवै गोल दिनेश हेन्जनले गरेका हुन् । 

Nepal

फाइल तस्विर : एनएसजेएफ

नेपालले खेलको पहिलो मिनेटमा अग्रता लिएको थियो । फ्रिकिकमा दिनेशले टच गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा हेन्जनले बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर गरेका थिए । दिनेशले ६ यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गरेका थिए ।

भारतले खेलमा गोल गर्ने थुप्रै प्रयास गरेपनि गोल गर्न भने सकेको छैन । यसअघिको खेलमा बंगलादेशले घरेलु टोली भुटानलाई २-० ले पराजित गरेको थियो ।

बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने सम्भावना सकिएको छ । बंग्लादेशले भारतलाई ४-३ ले पराजित गरेकाले भारतले ९ अंक बनाएपनि हेड टु हेडका आधारमा बंगलादेशले उपाधि जित्ने छ । तर अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेमा नेपाल हेड टु हेडका आधारमा च्याम्पियन बन्ने छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.