काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आज सम्पन्न साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा दुई गोल गर्दै नेपाललाई उपाधि जित्न सघाएका दिनेश हेन्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
तस्विर : भुटान फुटबल संघ
भारतसँग खेलको पहिलो मिनेटमा गोल गरेका दिनेशले ३७ औं मिनेटमा अर्को दोल गरेका थिए । जसले उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् । त्यस्तै प्रतियोगितामा दुई खेल जितेको भुटानलाई ‘फेयर प्ले अवार्ड’ प्रदान गरिएको छ ।
नेपालले भारतलाई २-० ले हराएपछि बंगलादेशसँग समान ९ अंक सहित हेड टू हेड को आधारमा उपाधि जितेको हो ।