default_image

8 years ago

September 27, 2017

चर्च ब्वाइजलाई दुधे गोल्ड कप उपाधि

125 views

0 Bookmark

सबिन शेर्मा
झापा – चर्च ब्वाइज क्लब काठमाडौंले टुर्बोग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा एपिएफलाई सडन डेथ ८–७ ले हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि को टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।

निर्धारित ८० मिनेटको खेलको पहिलो हाफमा एपिएफले लिएको २–० को अग्रतालाई जोगाउन नसकेपछि अन्तत उपविजेतामा चित्त बुझाउनु परेको थियो । २९ औं मिनेटमा सन्तोष श्रेष्ठको गोलबाट एपिएफले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा एपिएफका लागि हरि कार्कीले गोल गरे हरिले रुपबहादुर लामाको पासमा गोल गरेका हुन् ।

तर, चर्च ब्वाइजले दोस्रो हाफमा उत्कृष्ट पुरागमन गरेको थियो । ५३ औं मिनेटमा कप्तान बर्षात गुरुङले गोल गरे । एपिएफका गोलकिपर राजु नगरकोटीले हातमा आइसकेको बल छुटाएपछि त्यहि रिबाउन्डमा बर्षातले गोल गरेका थिए । खेल सकिन ६ मिनेट बाँकी रहदा अजे मार्टिनले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए । मार्टिनले विशाल गुरुङको पासमा गोल गरेका हुन् ।

चर्च ब्वाइजका छिरिङ गुरुङ फाइनलको म्यान अफ दी म्याच भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । विजेता चर्च ब्वाइजले उपाधिसहित ३ लाख १ हजार र एपिएफले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफका युवराज खड्का उच्च गोलकर्ता बनेको प्रतियोगितामा चर्च ब्वाइजका कप्तान बर्षात सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

युवराज र बर्षातले समान २५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक दुधे युथ क्लबका सन्जित राई उदयीमान खेलाडी चुनिए र उनले ५ हजार रुपैयाँ पाए । झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजनामा असोज ४ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.