default_image

8 years ago

September 27, 2017

केर्खा झापा एकेडेमी स्तरीय च्याम्पियन

125 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद) – केर्खाले झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा काकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई १–० ले हराउँदै केर्खा एकेडेमी स्तरीय च्याम्पियन बनेको हो ।

रोमन दनुवारले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो र केर्खाले उपाधि जितेको थियो । विजयी टोलीकै मनीष थापा फाइनलको म्यान अफ दी म्याच चुनिए । केर्खाले उपाधिसहित १ लाख १ हजार तथा कारकभिट्टाले ५१ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा केर्खाका रोमन लामा उत्कृष्ट गोलकिपर, आयोजक चन्द्रगढी फुटबल एकेडेमीका राम मडी उत्कृष्ट रक्षक, सोही क्लबका रमेश राजवंशी उदयीमान खेलाडी, काकरभिट्टाका खमिर गिल्सन कन्दङ्वा उत्कृष्ट फरवार्ड, सोही क्लबका मिलाई राई उत्कृष्ट मिडफिल्डर र केर्खाका विनोद गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए ।

केर्खाका सौजन्य याख्या प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए भने सैनिक युथ क्लबका विकेश लिम्बु सर्वाधिक गोलकर्ता बने । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा १० वटा एकेडेमीको सहभागिता थियो । प्रतियोगिता समितिका संयोजक युगल किशोर राईले भविष्यमा पनि यस्ता प्रतियोगिता आयोजनामा निरन्तरता दिइने बताए ।

 

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.