8 years ago
September 28, 2017
काठमाडौं – साफ यू १८ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीका प्रत्येक सदस्यले कम्तीमा १ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । भुटानमा बुधबार सम्पन्न च्याम्पियनसिपमा हेड टु हेडका आधारमा बंगलादेशलाई पछि पार्दै नेपालले उपाधि जितेको थियो ।
दुई वर्षअघि काठमाडौंमा भएको साफ यू १९ च्याम्पियनसिप पनि नेपालले जितेको थियो । त्यति बेला एन्फाले टोलीका प्रत्येक सदस्यलाई १ लाख रुपैयाँ पुरस्कार दिएको थियो । यसपटक भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने निश्चित भएपनि त्यसको औपचारिक निर्णय कार्यसमितिको बैठकबाट लिएपछि सार्वजनिक गर्ने भएको छ ।
‘युवा टोली पुरस्कारको हकदार छ । पुरस्कार दिने र यो भन्दा अघिको भन्दा नघटाई दिनेमा पनि कुनै समस्या छैन, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘१ लाख रुपैयाँ भन्दा बढ्न पनि सक्छ । हामी कार्यसमितिको बैठकबाट निर्णय लिनेछौं ।’
एन्फाको विशेष साधारण सभा असोज २३ गते बस्दैछ । विशेष साधारण सभाको आसपासमा बस्ने बैठकले पुरस्कारको निर्णय लिने बताइएको छ । भुटानसँगको पहिलो खेल गुमाएपछि दबाबमा परेको नेपालले बाँकी सबै खेल जितेर उपाधि जितेको थियो । नेपालसँग पराजित बंगलादेश बाँकी सबै खेल जितेर पनि उपविजेतामा सिमित भयो ।
नेपाल र बंगलादेशको समान ९ अंक भएपनि बंगलादेशलाई हराएका कारण हेड टु हेडमा नेपाल विजेता बन्न सफल यो । बुधबार अन्तिम खेलमा नेपालले भारतलाई २–० ले हराएर विजेताको टुंगो लागेको थियो । त्यसअघि बुधबार बंगालदेशले भुटानलाई हराएका कारण नेपाल च्याम्पियन बन्न सफल भएको हो । युवा टोली आज स्वदेश फर्किसकेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]