default_image

8 years ago

September 29, 2017

एएफसीका अध्यक्ष अल खालिफा नेपाल आउने

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा नेपाल यसै महिना नेपाल आउने भएका छन् । उनी असोज २४ गते काठमाडौं आइपुग्ने बताइएको छ । त्यसको अघिल्लो दिन राजधानीमा एन्फाको विशेष साधारण सभा हुँदैछ ।

सन् २०१३ मा एएफसीको विशेष साधारण सभाबाट अध्यक्षमा निर्वाचित अल खालिफा पहिलो पटक नेपालको भ्रणममा आउन लागेका हुन् । उनी दुई दिने भ्रणमका लागि काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन् ।
‘असोज २४ गते काठमाडौं आइपुग्ने र २५ मा फर्कने कार्यक्रम तय भएको छ,’ कार्यकारी अधिकृत तुलाधरले भने, ‘उहाँ अध्यक्ष भएपनि यो पहिलो भ्रमणको हो ।’ उनको भ्रमणमा के कस्ता विषयमा छलफल हुन्छन् भन्ने विषयमा भने तुलाधरले खुलाउन चाहेनन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.