8 years ago
October 1, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले आज राति स्पेनिस ला लिगामा इस्पानियोलको सामना गर्दै छ । खेल नेपाली समयअनुसार १२.३० बजे सुरु हुने छ ।
मध्यसाता च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको रियल म्याड्रिडले यस सिजन खराब सुरुवात गरेको छ । रियलको ६ खेलमा ११ अंक रहेको छ भने उसको उपाधिको प्रतिद्वन्दि बार्सिलोनाको १८ अंक रहेको छ । त्यसैले तालिकाको दशौँ स्थानमा रहेको इस्पानियोल विरुद्ध राम्रो प्रदर्शन गर्दै रियल सिजनमा आगमन गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
रियलका लागि मार्सेलो र करिम बेन्जिमा घाइते रहेका छन् भने ग्यारेथ बेल र थियो हर्नान्डेज चोटका कारण नखेल्ने सम्भावना छ । त्यसैले लुकास भाज्केजले इस्को र मार्को एसेन्सियोसँगै टोलीमा स्थान पाउने सम्भावना धेरै छ ।इस्पानियोल भने गत साता डेपोर्टिभोलाई ४-१ ले हराएको टोलीसँग मैदानमा उत्रिने लगभग पक्का छ । रियलले इस्पानियोल विरुद्ध पछिल्ला १० खेलमा सबै खेलमा जित हात पारेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]