8 years ago
October 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज २३ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जापानिज ग्यातुको कोजुको राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धर रहेको टोलीले खेलाडीको अन्तिम छनोट गरेको हो ।
ताजकिस्तानविरुद्धको २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षणमा सामेल गरेको छ । त्यसमध्ये अनिल गुरुङ भने प्रशिक्षणमा सामेल भएका छैनन् ।अघिल्लो महिना ताजकिस्तानविरुद्धको टोलीमा रहेका २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई समेत गरि यसपटक २९ खेलाडीलाई प्रशिक्षणमा सामेल गरिएको थियो । चोटका कारण अनिल गुरुङ भने प्रशिक्षणमा सामेल भएका थिएनन् ।
पछिल्लो पटक टोलीमा नरहेका गोलकिपर एलन न्यौपाने र मिडफिल्डर राजेन्द्र रावल यसपटक अन्तिम छनोटमा परेका छन् । घरेलु मैदानमा ताजकिस्तानसँग खेल्दा २३ भित्र रहेका गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा यसपटक भने अटेनन् । त्यस्तो मानबहादुर तामाङ विमल बस्नेत र रजिन धिमाल यसपटक पनि अन्तिम छनोटमा पर्न सकेनन् ।
शुक्रबार ताजकिस्तानतर्फ जाने नेपाली टोलीले यति बेला अन्तिम तयारीमा जुटेको । दशै विवादका कारण केही दिन विश्राम दिइएको प्रशिक्षण सोमबारबाट सुरु भएको छ । छनोटअन्तर्गत गत महिना होममा ताजकिस्तानविरुद्ध नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनल चरणको प्रवेशका लागि ताजकिस्तानसँगविरुद्ध असोज २४ गते हुने अवे खेल निकै महत्वपूर्ण रहेको छ । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।
छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ । समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स( युएई) मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।
गोलरक्षक
१)किरण चेम्जोङ
२)विकेश कुथु
३)एलन न्यौपाने
डिफेन्डर
४) विराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०)दीनेश राजवंशी
मिडफिल्डर
११) हेमन्त थापा मगर
१२)विशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) राजेन्द्र रावल
१७) विक्रम लामा
१८) रोहित चन्द
१९) सुनिल बल
फरर्वाड
२०) भरत खवास
२१) नवयुग श्रेष्ठ
२२) विमल घर्ती मगर
२३) जर्ज प्रिन्स कार्की
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]