default_image

8 years ago

October 9, 2017

छनोट चरणको अन्तिम खेलमा इङ्ल्यान्डको जित

197 views

0 Bookmark

भिलनियस (एजेन्सी) – विश्व कप अन्तर्गत युरोपेली छनोट चरणको अन्तिम खेलमा इङ्ल्यान्डले लिथुआनियालाई १-० ले हराएको छ । अन्तिम खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गरेको इङ्ल्यान्डलाई ह्यारी केनले पेनाल्टी मार्फत निर्णायक गोल दिलाएका थिए । 

england

प्रशिक्षक ग्यारेथ साउथगेटले अन्तिम खेलमा इङ्लिस टोलीमा परिक्षण गरेका थिए । टोटेनह्यामका डिफेन्डर ह्यारी विङ्क्स र लेस्टर सिटीका ह्यारी म्याकग्वैरलाई मौका दिँदै तीन सेन्टर डिफेन्समा प्रयोग गरेका थिए ।

अघिल्लो खेलमा प्रतिबन्धित डेले अलीलाई बक्समा लडाउँदा पाएको पेनाल्टीलाई २७ मिनेटमा ह्यारी केनले गोलमा परिणत गरेका थिए । घरेलु टोलीले थुप्रै गोल गर्ने मौका सिर्जना गरेपनि खेलमा फर्किन सकेन ।

अर्को खेलमा स्लोभेनियाले स्कटल्यान्डलाई बराबरीमा रोकेपछि स्कटल्या स्कटल्यान्ड तेस्रो स्थानमा अन्त्य गरेको छ । माल्टालाई ३-० ले पराजित गरेको स्लोभाकिया भने दोस्रो स्थानमा अन्त्य गरेपछि विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.