8 years ago
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती जित हासिल गरेको छ । अघिल्लो खेलमा गोलरहित बराबरीमा रोकिएको टिसी स्पोर्टसले शनिबार मालहोसलाई १–० ले हराएको थियो ।
इब्राहिम माहुदीले गरेको गोल नै टिसी स्पोर्टस्को जितका लागि पर्याप्त रह्यो । माहुदी खेलको म्यान अफ दी म्याच बनेका छन् । टिसी स्पोर्टस अंक तालिकाको दोस्रो स्थानमा छ । १२ चरणको खेल सकिदा न्यू रेडियन्ट ३३ अंकका साथ शीर्षस्थानमा छ । अबको खेल सबैभन्दा महत्वपूर्ण हुने किरणले हाम्रो खेलकुदलाई बताए ।
‘हामी अझै ४ अंकले पछाडि छौं ’ उनले भने,‘त्यो खेल जित्न सकेको खण्डमा उपाधि जित्ने सम्भावना अन्तिम खेल सम्म पनि बाँकी रहन्छ । ’ ८ टोलीको सहभागिता रहेको डिपिएलमा अब २ चरणका खेल बाँकी छन् । राष्ट्रिय टोलीले खेलका कारण डिपिएल स्थगित भएको छ । पुनः डिपिएल सुरु भएपछि टिसीले पहिलो खेल न्यू रेडियन्टसँग खेल्नु पर्नेछ ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको माजियाको २४ अंक छ । जुन टिसी स्पोर्टसको भन्दा ५ अंक कम हो । पुछारबाट दोस्रो स्थानमा रहेको मालहोसको ८ अंक छ । अर्को साता फिलिपिन्सविरुद्धको एसियन कप छनोट चरणको खेलका लागि किरण स्वदेश फर्कने तयारीमा छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]